124
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक माथि छलफल गरियोस्, भनीे प्रस्ताव प्रस्तुत गरेका हुन् ।
प्रस्तुत विधेयकमाथि सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ । दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, सङ्घीयताको सबलीकरण तथा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी बजेट आउन लागेको मन्त्री मास्कीले बताए । उनले स्रोत साधनको परिचालनमा मितव्ययिता एवम् प्रभावकारिता कायम गर्नेतर्फ बजेट लक्षित हुने बताए ।
previous post