141
काठमाडौं । प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । संसद् भवन, बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेस गर्ने उल्लेख छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ उक्त नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
previous post