259
			
		
		
			
            
				            
			
			        
    काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड–२०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् । ललितपुरको गोदावरीमा आज (शनिबार) भएको फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छिन् ।
उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् । यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन् । २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड–२०२३ को उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।लठ
 
			        

 
												 
														

