बुटवलमा रोजगार मेला सुरु

by समतल अनलाइन
Shares

बुटवल । बुटवलमा रोजगार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बुटवलमा दुई दिने मेला सुरु गरिएको हो ।

मेलाको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्नुभयो ।
मेलाको उद्घघाटन गर्दै प्रदेश अध्यक्ष शर्माले नेपाली युवा कामको खोजिमा विदेश जानुपर्ने र नेपाली उद्योगीले वाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता रहेको बताउनु भयो । उहाले कामको लागि बाहिर जाने प्रबृति रोक्न र उद्योगी व्यवसायीले बाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता अन्त्य गर्नेगरी यश विचको तारतम्य मिलाउन राज्यले नै सम्बोधन गर्नुपर्ने भनाई राख्नु भयो ।

कार्यक्रमको बारेमा जानकारी गराउदै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले उद्योग व्यवसायीहरुले दक्ष जनशक्ति नपाईरहेको र पढेलेखेका युवाहरु कामको खोजिमा वाहिरिरहेको कुरालाई मध्येनजर गरेर कसरी दुबै पक्षको आवश्यकता पूर्ती गर्न सकिन्छ भनेर रोजगार मेला गरिएको बताउनु भयो । उहाँका अनुसार यो मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता छ ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य, उद्योग समितिका सभापति राजेशकुमार अग्रवालले काम तथा शिक्षाको सिलसिलामा नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिरहेको बताउनु भयो । यहाका उद्योगमा कामको लागि बाहिरबाट ल्याउनु पर्ने जनशक्ति यहिबाट पूर्ती गर्न सकियो भने उद्योगी व्यवसायीलाई पनि सहज हुने भनाई राख्नु भयो ।

इन्टरनेशनल लेवर अर्गनाईजेशन ९आई।एल।ओ।०का नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीले आन्तरिक रोजगारीमा प्रवर्धन गर्नको लागि मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । सीप, श्रम र रोजगारी सबैको अधिकार भएको उहाँको भनाई छ ।

बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ शिक्षाको लागि विदेश जानेहरुका कारण जनशक्तिसंगै पुँजी पनि पलायन भईरहेको बताउनु भयो । उहाले यो क्रम रोकिएन भने नेपालको उत्पादन बन्द हुने र आयातमा भर पर्नुपर्ने स्थिती आउने भनाई राख्नु भयो ।

उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले रोजगार मेला गरिएको हो ।

महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिबृद्धि परियोजना अन्तरगत स्वदेशमै कामको खोजीमा रहेका तथा बैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरु एवं रोजगारदाता सम्पर्क गरी रोजगारी प्रबर्दन गर्ने उद्देश्यले रोजगारदाताहरु समेतको सहभागितामा मेला सञ्चालन गरिएको संघका महासचिव विमलराज भट्टराईले बताउनु भयो । मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी छन् ।

You may also like

This will close in 0 seconds