139
काठमाडौं । काठमाडौंमा एक महिलाले आफ्नै जिउमा आगो लगाएर आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी परिसर (काठमाडौं) का सूचना अधिकारी एसपी सीताराम रिजालका अनुसार चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठले आफ्नो जिउमा पेट्रोल छर्की आफैले आगो लगाएकी हुन् ।
उनको उपचारका क्रममा आज (शनिबार) बिहान ३ः२० बजे कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर घर भएकी शान्ति मोहनकुमार श्रेष्ठकी श्रीमती हुन् । श्रीमान मोहनकुमार प्यारालाइसिसका बिरामी छन् । उनी डेरा कोठामै सुतिरहेका बेला शान्तिले शुक्रबार दिउँसो २ः४० बजे आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।
previous post