168
काठमाडौं । ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । उपाधिसँगै सुब्बाले नगद रू १५ लाख रूपैयाँसहित अन्य पुरस्कार जितेका छन् । शुक्रबार रातिको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमेका हुन् ।
फिनालेमा सुब्बासहितका आठ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।
previous post