एभरेष्ट माविद्वारा रक्तदान कार्यक्रम

by समतल अनलाइन
Shares

बुटवल। बुटवल–सुख्खानगरमा अवस्थित एभरेष्ट मा.वि. मा रक्तदान कार्यक्रम भएको छ । विश्व रेडक्रस दिवसको अवसर पारेर एभरेष्ट युवा सर्कलद्वारा आयोजित उक्त कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए ।

एभरेष्ट युवा रेडक्रस सर्कलका अध्यक्ष बिधाता थापाको अध्यक्षता तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाका सचिव लोकनाथ पाण्डे, स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, विद्यालयका सह–प्राचार्य भीमसेन गौतम, संयोजक शिक्षक नायक अशोक ज्ञवाली लगायतले रगतको महत्वका बारेमा आआफ्ना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले मानवजीवनको रक्षा गर्ने महान कार्यमा योगदान पु¥याउने सम्पूर्ण रक्तदाताहरुको प्रशंसा गर्नुभएको थियो भने नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाका सचिव लोकनाथ पाण्डेले उक्त कार्यक्रमको उच्च प्रशंसा गर्दै रक्तदाताहरुको मानव सेवाप्रति निस्वार्थ भावको सराहना गर्नुभएको थियो । यसैगरी कार्यक्रममा प्राचार्य कृष्ण न्यौपानेल धन्यवाद दिनु भएको कार्यक्रमको संचालन शिक्षक माधव पौडेलले गर्नुभएको थियो ।

You may also like

This will close in 0 seconds