आरजुलाई तोसिमाको प्रश्न : भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा भयो ?

Shares

काठमाण्डौँ । प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा पनि नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ रुपैयाँ असुल गरी नेपालीलाई अमेरिका पठाउनेहरूलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।

बैठकमा बजेट पूर्वको छलफल गर्ने कार्यसूची रहे पनि शून्य समयमा सांसदहरूले नक्कली शरणार्थी प्रकरणले देशमा भ्रष्टाचारको जालो देखाएको र विदेशमा नेपालको छवि नै धूमिल भएको भन्दै जतिसुकै भीभीआईपी व्यक्ति संलग्न रहे पनि कारबाही हुनुपर्ने माग गरेका छन् ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले कांग्रेस नेत्री आरजु राणा देउवालाई लक्षित गर्दै भ्रष्टाचारसँग कुनै लिङ्ग, जात र समुदाय नजोड्न आग्रह गरिन् । अस्ती आइतवारको बैठकमा नेत्री राणाले आफूलाई भ्रष्टाचारसँग जोडेर महिला हिंसा गरेको आरोप लगाएकी थिइन् ।

त्यही विषयलाई जोड्दै सांसद कार्कीले भनिन्, ‘एक महिला माननीय ज्यूले टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो भन्नुभयो, मलाई उत्तर दिनुपर्‍यो– भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ ?’ कार्कीले पक्राउ पुर्जी जारी भइसकेपछि पनि दोषीलाई जोगाउन खोजेको आरोप लगाउँदै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत दलाली साबित गर्ने अनि के मुखले अनुदान माग्न जाने भनेर सोध्नु भएको छ ।

यस्तै कांग्रेका सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्ने बताएका छन् । भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारको विषयमा राज्यले फाइल नभई ‘फायर’ खोल्नुपर्ने उनको भनाइ थियो ।

You may also like

This will close in 0 seconds