116
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आज (सोमबार) देखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । आजदेखि त्यसमै केन्द्रित रहेर छलफल हुन लागेको हो ।
संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल हुनेछ । २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको सचिवालयले छ ।
प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ ।