गीत संगितको रोयल्टी थप व्यवस्थित गर्न माग

by समतल अनलाइन
Shares

बुटवल । गीत संगित बजाए बापत कलाकारहरुले प्राप्त गर्ने रोयल्टी थप व्यवस्थित बनाउनु पर्नेमा सरोकारवालाले माग गरेका छन ।

सोमवार बुटवलमा आयोजित प्रतिलिपी अधिकार एंव संगित रोयल्टी व्यवस्थापन विषयक अन्तरक्रियामा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले रोयल्टी कलाकारहरुको भविष्यसँग जोडिएकोले त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेश ५ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले गित संगितबाट प्राप्त हुने रोयल्टीले कलाकारहरु संमानित ढंगले बाच्नका लागि सघाउ पुग्ने बताउदै कार्यविधि बनाएर रोयल्टी दिने बानीको विकास गर्नुपर्नेमा जोड दिए ।
गीत संगीत रोयल्टी संकलनमा प्रदेश ५ उदाहरण बन्ने.प्रतिवद्धता समेत मन्त्री चौधरीले जनाए ।

अन्तरक्रियामा बोल्दै प्रदेश सभा सदस्य गीता थापाले कलाकारको सम्मानका लागि आवश्यक कानुन वनाउन प्रदेश सरकार जिम्मेवारी पुर्वक लाग्ने विश्वास व्यक्त गरिन् । नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत शुष्मा पोखरेलले बौद्धिक सम्पतिका रुपमा रहेको सिर्जनालाई कसैले पनि अवमुल्यन गर्न नहुने बताइन् ।

नेपाल लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निर्वतमान अध्यक्ष चन्द्र शर्माले ३९ क्षेत्रबाट संगित रोयल्टी पाउनुपर्नेमा मु्स्कीलले आधा दर्जन क्षेत्रबाट मात्रै रोयल्टी संकलन हुने गरेको गुनासो गरे । पाउनु पर्ने क्षेत्रबाट रोयल्टी नआउँदा कलाकारको सृजनाको सम्मान हुन नसकेको र कलाकार मारमा परेको बताउदै उनले संगित सम्वन्धी स्पष्ट कानुन बनाउन माग समेत गरे ।

संगित तथा चलचित्र उत्पादक समाज नेपालका महासचिव हुम गैरेले रेडियो तथा टेलिभिजनका संस्थाले गर्ने आम्दानीको एक प्रतिशतलेरोयल्टी दिनु पर्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वय गर्नुपर्नेमा जोड दिए । प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा, यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख मुक्ति पाण्डे, पश्चिम नेपाल बस व्यवसायी प्रालिका बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद घिमिरे, लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डे,प्रतिष्ठानकै नवलपरासी जिल्ला अध्यक्ष भरत क्षेत्री लगाएतले बोल्दै संगित स्रष्टाको सम्पत्ति भएकोले त्यसको संरक्षण गर्नु सवैको दायित्व भएको धारणा राखेका थिए ।

सो अवसरमा यातयात क्षेत्रबाट सवैभन्दा बढी रोयल्टी संकलन गरेको भन्दै यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख मुक्ति पाण्डे र भैरहवाका प्रमुख बोमलाल भन्डारीलाई सम्मान समेत गरिएको थियो ।

You may also like

This will close in 0 seconds