तिनाउ नदीमा डुबेर एक युवा बेपत्ता

by समतल अनलाइन
Shares

बुटवल।पाल्पाको तिनाउ-३ दोभानस्थित तिनाउ नदिमा डुबेर एक युवा वेपत्ता भएका छन्। बुधबार दिउँसो ड्यामसाईड स्थित तिनाउ नदीमा डुबेर सिद्धार्थनगर नगरपालिका-८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पौडि खेल्ने क्रममा डुबेर वेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको टोलीले खोजी कार्य गरेपनि फेला नपारेको प्रहरीले जनाएको छ।

वेपत्ता युवाको खोजीकार्य तथा घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

You may also like

This will close in 0 seconds