112
तनहुँ । तनहुँ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्य निर्वाीचत भएका छन् । १० वैशाखमा भएको उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका वाग्ले ३४ हजार ४८० मतसहित विजयी भएका हुन् ।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको थियो । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरेका छन् । स्वर्णिमले यहाँ सुरुवातदेखि नै अग्रता लिएका थिए ।
previous post