160
काठमाडौं । साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार केही घटेको सुनको मूल्य आइतबार र सोमबार पुनः उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले वृद्धि भएको छ । महासङ्घले सोमबारका लागि छापावाल सुनको प्रतितोला रु ७१ हजार २०० निर्धारण गरेको छ । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले वृद्धि भई रु ७० हजार ९०० पुगेको छ ।