147
डडेलधुरा । अनसनको पाँचौं दिन डडेल्धुरा जिल्ला अस्पताल भर्ना गरिएका डा. गोविन्द केसीको स्वास्थ्य झन् बिग्रँदै गएको छ । उनको शरीरमा क्रियाटिनिन बढेको छ । सुगर र पानीको मात्रा पनि घटेको चिकित्सकले बताएका छन् । रक्तचाप र मुटुको चाल पनि घटबढ भइरहेको छ ।
‘डा. केसीको स्वास्थ्य अहिले जोखिममा छ,’ उपचारमा संलग्न डडेल्धुरा अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले भने, ‘क्रियाटिनिन बढ्दा मिर्गौलाको काम गर्ने क्षमता कमजोर हुन्छ ।’ डा. केसीलाई आइसियूलगायत आवश्यक उपकरणको सुविधा भएको अस्पतालमा रेफरको तयारी भइरहेको छ । तर, केसी मानेका छैनन् ।