533
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको आवेदन खुलाएको छ । साथै परीक्षा समय तालिका पनि सार्वजनिक भएको छ ।
बोर्डका अनुसार अन्य विषयमा सी प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा २ विषयमा मात्र सी वा डी प्लस ग्रेड प्राप्त गरेका परीक्षार्थीले ती दुवै वा दुईमध्ये एक विषयमा पुरक परीक्षा दिन पाउनेछन् ।