नेपाल प्रहरीका ४ जना डीआईजी एआईजीमा बढुवा

by समतल अनलाइन
Shares

काठमाडौँ। नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गरिएको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो।

डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका हुन्।

You may also like

This will close in 0 seconds