सामाजिक सेवामा लाग्ने परोपकारी संघ संस्थाहरुले आर्थिक पारदर्शीता अपनाउन मन्त्री गिरीको आग्रह

by समतल अनलाइन
Shares

यमलाल भुसाल
बुटवल। मानव कल्याण मित्र मंञ्च नेपालको प्रथम अधिवेशन शनिवार रुपन्देहीको तिलोत्तममा सम्पन्न भएको छ । कार्यक्रममा उद्योग वन वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले सामाजिक सेवामा लाग्ने परोपकारी संघ संस्थाहरुले आर्थिक पारदर्शीता अपनाउन आग्रह गर्नु भयो ।

सरकारले गर्ने काम मानव कल्याणले गरेको छ भन्दै मन्त्री गिरीले सामाजिक काममा सवैको सहयोग जरुरी रहेको औल्याउनु भयो ।
मैदानमा ठुला युद्ध जितिए पनि ति कागतमा सिमित हुदाँ समस्या एथावत रहेका छन भन्दै मन्त्री गिरीले आर्थिक उन्नतीका लागि पुर्खाले गरेको योगदानलाई विर्सन नहुने धारणा राख्नु भयो ।

भारतसंग सुगौली सन्धी गरेपछि नेपाल ओरालो लाग्न शुरु भएको बताउदै उहाँले त्यसकै आधारमा वेलावेला नाकावन्दी हुने गरेको धारणा राख्नु भयो ।
राष्टियताको सवालमा सिगो मुलुक एक ठाउँ आएकोले खुशि लागेको भन्दै मन्त्री गिरीले सडकमा देखिएको आक्रोस विगतकोे आक्रोस मात्र भएको धारणा राख्नु भयो । युवा अवस्थामा आफु पनि विदेशमा रोजगारीका लागि गएको स्मरण सुनाउदै कर्मचारी र सरकारलाई दोष दिएर मात्र नहुने उहाँले बताउनु भयो ।
प्रदेश पाचँ प्रदेश सभा सदस्य रमा अर्यालले नाम अनुसारकाम गरेको संस्थालाई सवैले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । महिला हिंम्सा बढेको छ यसको रोकथामका लागि तिनै तहका सरकार गम्भिर हुन जरुरी रहेको धारणा राख्नु भयो ।

उहाँले महिला हिंम्सा दैनिक बढी रहेकाले त्यसको नियन्त्रणमा सरकारलाई चुनौति थपिएको धारणा राख्नु भयो । सरकार सरह पतिपक्ष पनि जिम्मेवार हुनु पर्ने भन्दै वजेट विनियोजनमा समानता गर्न माग गर्नु भयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मित्र मञ्चले समाजमा निक्कै राम्रा काम गरेको र यसले अगाडी सारेका योजनालाई सवैले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।
मञ्चका संरक्षक पुरुषोतम भटृराई , अविनास अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले मानव सेवामा सहयोग गर्ने लक्ष्य सहित स्थापित संस्थाललाई प्रदेश सरकारले सहयोग गर्न र समन्वयन गरि अगाडी बढाउन माग गर्नु भयो ।
कालिका मानव ज्ञान माविका प्रार्चाय घनश्याम पाठकले महिला वालवालिकासंगै देशको भुमी संरक्षणमा समेत संस्थाले काम गर्न सकोस भनी शुभकामना व्यक्त गर्नु भयो ।
मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालले भारतमा अलपत्र परेका वालवालिका महिला वृद्ध वृद्धाहरुको उद्धार गर्ने र सम्बन्धीतका घर परिवारमा पुराउने काम गदै आएको प्रवासी नेपाली मित्र मञ्चको नामवाट काम गदै आएकोमा सोही संस्थाको नेपालको शाखाका रुपमा मानव कल्याण मञ्चका रुपमा क्रियाशिल रहेको बताउनु भयो ।
कार्यक्रममा मञ्चकी सचिव कविता पन्थीले कार्यक्रम संचालन गर्नु भएको थियो । मानवता, मित्रता, शान्तिको प्रतिक भन्ने मुल नाराका साथ स्थापित संस्था हो ।
यसै बीच दुर्गा प्रसाद अर्यालको. अध्यक्षतामा मञ्चको नयाँँ नेतृत्व चयन भएको छ । समितिको उपाध्यक्षमा रामकृष्ण कंडेल गुल्मी,उपाध्यक्ष महिलामा देवि अर्याल भटृराई, महासचिवमा गोविन्द पोखरेल चयन हुनु भएको छ ।
त्यसैगरि सचिवमा कविता पन्थी, कोषाध्यक्षमा शालिकराम गौतम, सहकोषाध्यक्षमा मन्जु भुसाल र सहसचिवमा दिनेश भटृराई चयन हुनु भएको छ । समितिको सदस्यमा शेषकान्त खरेल, कमला अधिकारी, झविलाल अधिकारी ,देवि प्रसाद गौतम, निर्मल वस्याल, सुरज प्रकाश ज्ञवाली र विवेक खरेल चयन हुनु भएको निर्वाचन समितिका संयोजक टिकाराम शर्माले बताउनु भयो । मञ्चको महिला विभागमा पार्वती केसी र सीता गौतम संयोजक रहनु भएको छ । त्यसैगरि उपाध्यक्षमा कालिका अधिकारी, महासचिवमा सीमा खरेल, र सदस्यमा गोमा पौडेल, सृजना अधिकारी पराजुली, यादा क्षेत्री, हिरा पौडेल सिर्जना वाग्ले र ईन्दिरा खरेल चयन हुनु भएको छ ।

You may also like