लाओसमाथि नेपालको शानदार जित

Shares

काठमाडौं। प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा लाओसमाथी २-० गोलको नतिजामा जित निकाल्दै नेपालले शानदार सुरुआत गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २- ० ले पराजित गरेको हो।

खेलको ३२ औं मिनेटमा हेडिङमार्फत् अनन्त तामाङले गोल गरे भने दोस्रो हाफ सुरू भएसँगै ५५ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरेका थिए। नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुनेछ।

समूह चरणका सबै खेल साँझ ६ बजे सुरू हुनेछन्। फाइनल चैत १७ मा साँझ ५ : ३० बजे हुनेछ।

आजको खेलमा नेपालका चार खेलाडीले डेब्यू गरे । डिफेन्डर शनिष श्रेष्ठले सुरुआती ११ मा स्थान बनाएका थिए । खेलको ७४औं मिनेटमा नबिन लामाको स्थानमा मिडफिल्डर मणि कुमार लामा मैदान प्रवेश गर्दै नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेले ।

सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका सातदोबाटो युथ क्लबका दीपक राज सिंह ठकुरीले खेलको ८२औं स्थानमा नवयुग श्रेष्ठलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका थिए ।

खेलको इन्जुरि समयमा सुमित श्रेष्ठले आयुष घलानको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि पहिलो खेल खेल्ने मौका पाए । पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका चारै खेलाडीले प्रतियोगिताको पहिलो खेलमै डेब्यू अवसर पाएका हुन्

You may also like

This will close in 0 seconds