180
			
		
		
			
            
				            
			
			        
    काठमाडौँ आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बलमा ७७ रन बनाए ।
त्यसैगरी, ५२ बलमा ४३ रन बनाए । यूएईका लागि जवार फरिद, जहुर खान, रोहन मुस्तफा र आयान अफजल खानले समान दुई विकेट लिए ।
			        

												
														

