रायमाझी कुलदेवता बुटवल नगरसमितिद्धारा रक्तदान कार्यक्रम

by समतल अनलाइन
136Shares

बुटवल । रायमाझी कुलदेवता बुटवल नगरसमितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नेपाल नियमित रक्तदान संघ बुटवलको सचिवालयमा सम्पन्न रक्तदान कार्यक्रममा नगर समितीका अध्यक्ष दिपक रायमाझीले रक्तदान नै जिवन दान हो भन्ने आदर्श भावबाट अभिप्ररित भई मानविय सेवाका निम्ती रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले भविष्यमा पनि रक्तदान लगायतका अन्य विभिन्न मानविय सेवामा नगर समिति निरन्तर लागी रहने बताउनु भयो ।

ब्लड बैक बुटवलको प्राविधिक सयोगमा सम्पन्न रक्तदान कार्यक्रममा रायमाझी बन्धुबान्धवहरुले रक्तदान गर्नुभएको र २९ प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक सुवास रायमाझीले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रम नगरसमितिका अध्यक्ष दिपक रायमाझीको अध्यक्षता र सचिव रामु रायमाझीको सहजिकरणमा सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा नगरसमितिका निवर्तमान अध्यक्ष राजेन्द्र सिंह रायमाझी, सल्लाहकार भिम रायमाझी, राजन रायमाझी, प्रेस सल्लाहकार राजेन्द्र जङ्ग रायमाझी तथा कार्यसमितिका पदाधिकारीहरु समितिका उपाध्यक्ष भगवती रायमाझी, कोषाध्यक्ष लक्ष्मी रायमाझी, क्रण संयोजक कृष्ण रायमाझी , बिजय रायमाझी लगायत रायमाझी बन्धुहरुको उपस्थिती रहेको थियो ।

Comments

You may also like

This will close in 0 seconds