नेविसंघ रामापुरले छान्यो स्वावियु सभापतिको उम्मेदवारमा क्षेत्रीको नाम सर्वसम्मत

by समतल अनलाइन
135Shares

बुटवल । आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावी रौनकता बढेसंगै रुपन्देहीको सैनामैना स्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा नेपाल विद्यार्थी संघ इकाइ समितिको बैठकबाट उम्ेदवारको नाम सर्वसहमतीबाट टुङगाएको छ ।

आइतबार नेपाल विद्यार्थी संघ इकाइ समितिको पुर्ण बैठक एवम विभिन्न कक्षा समितिहरुका सभापति पदाधिकारी एवम सम्पुर्ण सदस्यहरुको सहभागितामा स्वतन्त्र विद्यार्थी यनियनको सभापति पदको उम्मेदवारको रुपमा इकाइ समितिका सभापति एवम लोकप्रिय विद्यार्थी नेता मनोज क्षेत्रीको नाम सर्वसहमतिबाट टुङगाएको छ।

पदाधारिकारी एवम सदस्यहरुको नामावली छिटै सार्वजनिक गरिने भएको छ ।

Comments

You may also like