95
बुटवल । गएराती बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ।गएराती करिव सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार मोटरसाईकल र अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउदै गरेको यात्रु बाहक बस बसपार्क नजिकै एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको थियो।
दुर्घटनाबाट गम्भिर घाईते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ।
previous post