103
काठमाडौं । राप्रपा सरकारबाट बाहिरिने भएको छ । राप्रपाको भर्खरै बसेको बैठकले यस्तो निर्णय गरेको नेता बुद्धिमान तामाङले जानकारी दिए । उनका अनुसार राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेछ । राष्ट्रपति निर्वाचनको मुखमा सत्ता समीकरणमा फेरबदल आएसँगै राप्रपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।


शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपा प्रवक्ता श्रेष्ठले भने, ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं ।’