185
काठमाडौं । यसपालि हिउँद नसकिँदै गर्मी बढेको छ । यसपालिको हिउँदमा हिमपात र वर्षा नहुँदा गर्मी बढेको मौसमविदले जनाएका छन् । पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेको छैन । पानी नपर्दा माघ महिनादेखि नै तापक्रम बढ्न थालेको थियो ।
हिउँद याम सकिन अब १० दिन बाँकी छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । आज फेब्रुअरी १९ तारिख हो । हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत पानी पर्न सकेको छैन । बाँकी १० दिनमा पनि पानी पर्ने खासै सम्भावना नदेखिएको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उनका अनुसार यो हिउँदमा वर्षा हुने सम्भावना टर्दै गएको छ ।