दुई प्रदेशका उच्च भू–भागमा हल्का हिमपातको सम्भावना

by समतल अनलाइन
Shares

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश एक र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

आज (आइतबार) दिउँसो प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश एकको हिमाली क्षेत्रमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक–दुई स्थानमा बिहानी पख हुस्सु लाग्ने सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

You may also like

This will close in 0 seconds