विवेक पङ्गेनी बने दीप गायन तारा

by समतल अनलाइन
Shares

बुटवल ।बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको अन्तर मा.वि. दीप गायन तारा प्रतियोगितामा कालिका मानवज्ञान मा.वि.का विद्यार्थी विवेक पङ्गेनी दीप गायन तारा बन्न सफल भएका छन् ।

त्यसैगरी एम्स इङ्ग्लिश सेकेन्डरी स्कुलका अनुज गाहा द्वितीय, लुम्बिनी बोर्डिङ स्कुलका समिरे घिमिरे तृतीय, कान्ति मा.वि.का प्रेम विक र स्कलर्स बोर्डिङ स्कुलका रेनुका सुनारले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई समितिका कार्यालय प्रमुख दीपेन्द्र ढकालले दीप बोर्डिङ हाई स्कुलले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ भन्दै यस विद्यालयले जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता आयोजना गरेर गीत सङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पु¥याइरहेको र आगामी दिनमा यस विद्यालयले अझ बढी शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फ थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिए ।

प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल, प्रमाणपत्र तथा टप टेनमा पर्न सफल अन्य ५ जना विद्यार्थीहरूले नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोख्रेलले शैक्षिक, समसामयिक विषयवस्तुमा हास्यव्यङग्य प्रस्तुत गरेका थिए भने नवौँ दीप गायन ताराका विजेता कुशल आचार्यले गीत प्रस्तुत गरेका थिए । दशौँ दीप गायन तारा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण पत्रकार, शुभेच्छुक र शिक्षकशिक्षिका तथा कर्मचारी वर्गलाई कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले धन्यवाद दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईं, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्तकुमार जोशी, विष्णुमाया श्रेष्ठ, लेखाप्रमुख रेखा श्रेष्ठ, विजय सापकोटा, बालकृष्ण पाठकलगायतले बोलेका थिए ।

You may also like

This will close in 0 seconds