221
सैनामैना । रुपन्देहीको सैनामैना वार्ड नम्बर ७ मा बुधबार सम्पन्न भेट्रान्स ढल्के जोवन कपको उपाधी विश्वशान्ती यूवा क्लव सालझण्डीले हात पारेकाे छ । सालझण्डीले मुर्गिया एफ सीलाइ ४-१ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेकाे हो । पहिलो हाफमा १-० काे अग्रता बनाएको मुर्गीया दोस्रो हाफमा सालझण्डीका रेजिन श्रेष्ठकाे उत्कृष्ट प्रदर्शन सँगै ४ गोल खान बाध्य भयो । रेजिन एक्लैले ३ गोल गरेका थिए ।
भेट्रान्स ग्रुप सैनामैना ७ काे आयोजना तथा सैनामैना नगरपालिका वार्ड नम्बर ७ काे संरक्षकमा सम्पन्न प्रतियोगितामा १२ टीमकाे सहभागिता रहेकाे थियो । ३५ वर्ष माथिका खेलाडीहरूलाई स्थानिय फूटबलकाे विकासमा थप रुची र चासो पुगोस् भन्नेे हेतुले प्रतियोगीताको आयोजना गरिएको खेल संयोजक ईश्वर दर्लामीले जानकारी दिय ।
previous post