शेयर बजार सामान्य सुधार, एक अर्ब ४७ करोडको कारोबार

by समतल अनलाइन
122Shares

काठमाडौँ । शेयर बजार आज (सोमबार) सामान्य अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६२ अंकले बढेर दुई हजार एक सय दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो एक अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ५९ वटा कम्पनीका ३९ लाख २२ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज आदर्श लघुवित्तको शेयर १० प्रतिशत र मिथिला लघुवित्तको शेयर साढे पाँच प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै बाराही हाइड्रो पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

Comments

You may also like

This will close in 0 seconds