बुटवल । शारीरिक सुगठनमा प्रयोग हुने सप्लीमेन्टहरुको बिक्रेता जिजेडआईको नेपालको आधिकारिक सप्लायर्स बुटवलमा उद्घाटन गरिएको छ।
बुटवल ९ सृजना स्ट्रीटमा आईतवार एक कार्यक्रमका बिच जिजेडआई कार्टका सञ्चालक माझ खान, प्रो कोच युनु सेखले उद्घाटन गरेका हुन।
जिजेडआई कार्ट डट कम ईडियाको फ्रेन्चाईजी सप्लिमेन्ट स्टोर लाई न्यु लुम्बिनी ट्रेडर्स एण्ड सप्लायर्सले आधिकारिक सप्लायर्सको रुपमा उद्घाटन गरिएको हो।
बुटवल क्षेत्रका ब्यवसायी आशिश श्रेष्ठको एकल ३० लाखको लगानिमा डिलर ल्याइएको श्रेष्ठले बताए।
उद्घाटन गर्दै सञ्चालक खानले नेपालको पहिलो डिलर खोल्न पाउँदा निकै खुसी लागेको बताउदै सैयौ खोल्नेगरी काम गर्न आग्रह गरे।
उद्घाटनको अवसरमा बोल्दै श्रेष्ठले नेपालको आधिकारिक डिलर सञ्चालन सारिरिक सुगठनको लागि फेक सप्लिमेन्टहरु प्रयोग भईरहेको बताउदै यसलाइ रोकेर गुणस्तरीय सप्लिमेन्ट बिक्री बितरणको लागि नेपालमा डिलर ल्याएको बताए।
उद्घाटनको अवसरमा २० प्रतिशत सम्म छुट दिइएको सञ्चालक श्रेष्ठले जानकारी दिए। सप्लिमेन्टमा १० प्रतिशत छुट, एसोसिरिजमा १५ प्रतिशत छुट र आवश्यक कपडाहरुको खरिदमा २० प्रतिशत छुट दिइएको श्रेष्ठले जानकारी दिए।
सप्लायर्सले प्रोटिन, फिस ओयल, मल्टिभिटामिन लगायतका सामाग्रीहरु बिक्री गर्ने श्रेष्ठले जानकारी दिए।
			259
			
		
		
			
            
				            
			
			        
    
                        previous post
                    
                    
                        
			        

												
														
