लुम्बिनी बोर्डिङमा खेल महोत्सव सुभारम्भ

by समतल अनलाइन
Shares

बुटवल । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्येश्यका साथ लुम्बिनी बोर्डिङ स्कुलमा खेल महोत्सव आयोजना गरिएको छ । ३ दिने खेलकुद महोत्सवको बुटवल वडा नं ३ का कार्यबाहक वडाअध्यक्ष हरिनारायण मिश्रले उद्घाटन गर्दै बालबालिकाहरुलाई पढाईसंगै खेलकुद गतिविधिमा आवद्ध गराएर उनिहरुमा लुकेको प्रतिभा प्रष्फुटन गराउन सकिने बताए ।

कार्यक्रममा लुम्बिनी बो स्कुलका अध्यक्ष कृष्ण गौतम, स्कुलका प्राचार्य लालहरि पाण्डे, उपप्राचार्य कौशल बश्याल, गोलपार्क प्रहरी बिटका प्रमुख मेख बहादुर लामटार, संयोजक सुदिप बश्यालले खेलकुद गतिविधिबाट बालबालिकाहरुको भविष्य निक्र्यौल गर्न मद्यत मिल्ने बताए ।

कार्यक्रममा अतिरिक्त क्रियाकलाप गणेश चौधरीले बालबालिकाहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि विद्यालयको कक्षागत रुपमा प्रि नर्सरी, जुनियर, सिनियर गरि समुहगत रुपमा ब्लाईड शुट, टक अफ वार, सेक रेस, हट पोटाटो, टेबलटेनिस, स्लो साईकल लेस, बेलुन ब्लास्ट, बल थ्रो, थ्रि लेगरेस, ब्याडमिन्टन , म्युजिकल चेयर, एक सय, २ सय मिटर दौड, क्वाईन एण्ड पाउडर, मेमोरी टेष्ट, भलिबल प्रतियोगिताहरु संचालन हुने बताए ।
यसैबिच खेल महोत्सवको पहिलो दिन विद्यार्थीहरुबाट मार्च पास कार्यक्रम गरिएको छ ।

You may also like

This will close in 0 seconds