79
काठमाडौं । विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रमाणीकरण गर्ने प्रक्रियामा देखिएको समस्या समाधान भएको जनाइएको छ ।
आज (आइतबार) राहदानी विभागले एक सूचनामार्फत अब नियमित रूपमा राहदानीको काम हुने पनि जानकारी दिएको छ ।
विभागले आज सूचना निकालेर राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न भनेको छ ।

प्रधानमन्त्रीले दिएको निर्देशनानुसार राहदानी वितरणको कामलाई थप प्रभावकारी बनाइने पनि विभागले जनाएको छ । पुस १७ गते प्रधानमन्त्रीले राहदानी सेवालाई चुस्त गपार्न निर्देशन दिएकै दिन पासपोर्ट वितरण अवरुद्ध भएको थियो ।