76
काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लागिरहेको छ ।
आज (बिहीबार) दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश–१ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
हिमाली भू–भागमा हल्का हिमपात र तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लाग्दा दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।