126
काठमाडौँ । नव नियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको परिवारलाई न्याय दिलाउनका लागि पहल गर्ने निर्णय गरेका छन् ।
उनले पदभारपछि पहिलो निर्णयका रुपमा बलत्कारपछि हत्या भएकी निर्मला पन्तको हत्या अनुसन्धान गर्ने पहिलो निर्णय गरेका हुन् । पदभारपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो नागरिकताबारे भइरहेको अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।