बुटवल । सुचना र प्रविधिको विकाससंगै यसले मानव र वातावरणमा पर्ने प्रभावका बारेमा सचेतना जगाउन रुपन्देहीमा एक दिने सचेतनामुलक सेमिनार गरिएको छ । कम्युटर एसोसियसन नेपाल महासंघ (क्यान) रुपन्देही शाखाको आयोजनामा ईएमआई रेडियसन रेगुलारिटि फ्रेमवर्क एण्ड पब्लिक एवार्नेस ईन नेपाल एक दिने आईसिटि सेमिनार गरिएको हो ।
सेमिनारको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गर्दै अहिलेको जल्दोबल्दो र महत्वपुर्ण विषयका बारेमा कुरा उठान भएको बताए । सेमिनारलाई अष्ट्रेलिया टेलिकम्युनिकेसनका ईन्जिनियर हरि पाण्डेले सहजिकरण गर्दै विश्व बजारमा आएको प्रविधि नेपालमा पनि भित्रिएको भन्दै यसका बारेमा पुर्ण ज्ञान लिएर प्रयोग गर्नुपर्ने बताए । यसैगरि मोबाईल सेवा प्रदायकका टावरहरु, ईन्टरनेट, रेडियो, टिभीका उपकरणहरुको राख्ने स्थानको छनौट र प्रयोगका बारेमा सरकार गम्भीर हुनुपर्ने बताए ।
वायरलेस उपकरणले मानव स्वस्थ्य र वातावरणमा पार्ने रेडियसनको प्रभाव र रोकथामका उपायका बारेमा सरकारबाट गरिनुपर्ने काम निजि क्षेत्रबाट अगुवाई हुनु स्वागतयोग्य भएको उनले बताए ।