74
स्याङजा । स्याङ्जाको वालिङमा शुक्रबार पर्खालले थिचिँदा एक मजदुरको मृत्यु भएको छ । वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिचिादा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक बिनोद सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा मृत्यु भएको हो ।
