बालक उद्धार गर्न अपहरणकारीमाथि गोली प्रहार

by समतल अनलाइन
189Shares

पर्सा । पर्साकाे वीरगञ्जबाट प्रहरीले एक राउण्ड गोली हानेर एक जना अपरहणकारीलाई नियन्त्रणमा लिएसँगै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार गरिएकाे छ । गएराति प्रहरीले पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको हाे ।

दाहिने खुट्टामा लागेको उनकाे नारायणी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको हाे ।

Comments

You may also like

This will close in 0 seconds