148
काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, आज (बिहीबार) बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू–भागमा आंशिक बदलीको भइरहेको छ ।
आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश–१ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । राति लुम्बिनी प्रदेशका साथै प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने छ ।
previous post