145
काठमाडौं । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु गरेको निर्वाचन आचारसंहिता आज (सोमबार) देखि निष्क्रिय भएको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै आजदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो ।