बुटवल । बुटवलको सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रजत महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम गरेको छ । रजत महोत्सव अन्तरगत सहकारीले शनिबार रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ४१ प्वाईन्ट रगत संकलन भएको सचिव माया गौतमले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष धुर्व कुमार धितालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगतको अभावमा कसैलेपनि ज्यान गुमाउनु नपर्ने बताउनुभयो ।
रगत प्रत्यक तीन÷तीन महिनामा खेर जाने भएकाले रगतदान गर्नु स्वास्थ्यका लागि पनि फाईदाजनक हुने उल्लेख गर्दै उहाँले नियमित रगतदान गर्नेतर्फ ध्यानदिन आग्रह गर्नुभयो । कार्यक्रममा सहकारीका उपाध्यक्ष कृष्णप्रसाद अर्याल, कार्यक्रम संयोजक शान्तिलाल बज्राचार्य, संस्थाका सदस्य नवराज पंगेनी लगायतले रगतको महत्वका बारेमा आआफ्ना भनाई राख्नु भएको थियो ।