101
स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद अर्याललाई २,७३० मतले पराजित गर्दै अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । भोजराजले १५ हजार १६१ मत प्राप्त गरेका छन् भने मोहनले १२ हजार ४३१ मत ल्याएका छन् ।


अर्याल वालिङ नगरपालिकाका पूर्व मेयर हुन् भने, रेग्मी पूर्व प्रदेशसभा सदस्य हुन् । अर्याल वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थिए । मोहन यसअघिको निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार बनेर प्रदेश सांसदमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनकै एकीकृत समाजवादीका रामचन्द्र भट्टराईले पनि यहाँ उम्मेदवारी दिएका थिए । पार्टीको निर्देशनमा उनले गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएका थिए ।
previous post