254
			
		
		
			
            
				            
			
			        
    प्रिया अधिकारी
कञ्चन।रुपन्देही जिल्लाको सुन्दर नगरी कञ्चन गाउँपालिकामा कञ्चन जेसिजले कञ्चन तारा राख्ने भएको छ । कञ्चन गाउँपालिका भित्र लुकेर रहेको प्रतिभा लाई प्रष्टफुटन गराउने उद्देश्यले कञ्चन जेसिजले यहि मंसिर १८ गते राख्ने कुरा जेसिजका अध्यक्ष राजन पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो। जसमा कञ्चन गाउँपालिका भित्र रहेका जुनसुकै उमेर समुहका व्यक्तिले सहभागी जनाउन पाउने छन् । र सहभागिता जनाउनको लागि कुनै शुल्क लाग्ने छैन र नेपाली मौलिक लोक र आधुनिक गित गाउन पाइने छ। जसको छ्नोट चरण यहि मंसिर १८ गते बुद्धदिप बोडिन स्कुल कञ्चन ५ ठिक ११ बजे हुने छ। जसमा प्रथम पुरस्कार ८०००,दोस्रो ६०००,तेस्रो पुरस्कार ४००० र सान्त्वना पुरस्कार २००० रहने छ।
			        

												
														
