सुकुम्बासी बस्तीमा तमासा गरियो, उन्मात्तले समस्या समाधान हुँदैन : ओली

by समतल अनलाइन
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन् । आज (मंगलबार) च्यासलस्थित पार्टी निकट सांस्कृतिक संघद्वारा आयोजित बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे पनि प्रश्न उठाएका छन् । उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरे ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नाम नलिए पनि उनलाई लक्षित गर्दै ओलीले आलोचना गरेका हुन् । उनले सुकुम्बासी बस्तीमा तमासा भएको बताए । ‘तपाईंहरुले हिजो देखिहाल्नु भयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनी हाल्नु भयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए हामी उनीहरुलाई पराजित गथ्र्यौ,’ ओलीले भने, ‘त्यो के गरेको, उन्मात्तले समस्या समाधान हुँदैन ।’

You may also like

This will close in 0 seconds