सर्लाही–३ मा गठवन्धनलाई हराउँदै एमालेका उप्रेती विजयी

by समतल अनलाइन
119Shares

सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार हरि प्रसाद उप्रेती विजयी भएका छन् । गठवन्धन पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई सात सय ७० मतान्तरले पराजित गर्दै एमाले नेता हरिप्रसाद उप्रेती विजयी भए ।

नेता उप्रेतीले २३ हजार नौ सय ३८ मत प्राप्त गरे भने, गठवन्धन उम्मेदवार माओवादीका नेता साहले २३ हजार एक सय ६८ मत मात्र प्राप्त गरे । उनीहरुबीच मत गणनाको अधिकांश समय अत्यन्त कडा प्रतिस्पर्धा भएको थियो । दुबै उम्मेदवारले पालैपालो अग्रता कायम गरेका थिए ।

यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार पाँच सय १९ मत पाए भने, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार पञ्च बहादुर सिंतानले तीन हजार पाँच सय ६६ मत प्राप्त गरे । यस क्षेत्रमा २०७४ को निर्वाचनमा यस चुनावमा माओवादीका उम्मेदवार साहलाई पराजित गर्दै नेकपा माओवादीका रामेश्वर राय यादव विजयी भएका थिए ।

You may also like