153
जाजरकोट । नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ ।
शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।