123
बुटवल,रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् ।
घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए । श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।