178
कपिलवस्तु। कपिलवस्तु नगरपालिका ८ को पश्चिम दोहनीमा छोराको कुटाइबाट आमाको ज्यान गएको छ । छोरा सुरेन्द्र कुर्मीले कुटपिट गरी ५५ वर्षीया आमा फूलमतीको हत्या गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताउनुभयो ।
सुरेन्द्रले रक्सी सेवन गरी शनिबार राति घरमा आगो लगाउँदै आमाको कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । मृतक फूलमतीको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल कपिलवस्तु पठाइएको छ । छोरा सुरेन्द्र फरार छन्, उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
previous post