124
रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा आज बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
सुलिचौरबाट गजुलका लागि छुटेको लु १ ज ३२३४ नम्बरको जीप सुलिचौर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
previous post