113
काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसमविदले जनाएका छन् ।
आज (बुधबार) दिउँसो प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यी तीन प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
previous post