88
काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको बताए ।
यस्तै सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ । जोशीको १०३ वर्षको उमेरमा हिजो निधन भएको थियो । किष्ट अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो ।
