164
			
		
		
			
            
				            
			
			        
    पाल्पा । तानसेन नगरपालिका–२, नारायणस्थानको पोखरीमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर ज्यान गएको छ । आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन–६ टुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।
पोखरीमा डुबेका पराजुलीलाई अस्थायी प्रहरी विट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल पुर्याइएकोमा मिसन अस्पतालका चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।
			        

												
														

